तपाईँ सुन्दै हुनुहुन्छः

‘शेयर बजारको कारोबार खोल्ने सम्बन्धमा पहल जारी’

शेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले हाल बन्द शेयर बजारको कारोबार खोल्ने सम्बन्धमा विभिन्न पहल भैरहेको जनाएको छ ।

कारोबार सहज रुपमा संचालन हुने अवस्था आउना साथ बजार खोल्ने गरी आवश्यक तयारी भैरहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताउनु भयो ।

बोर्डले बजार खोल्ने सम्बन्धमा अर्थ मन्त्रालयका सम्बन्धित सरोकारवाला पदाधिकारीहरु संग र नेपाल राष्ट्र बैकसंग समेत छलफल गरेको छ ।

बोर्डले राष्ट्र बैकलाई पेमेन्ट कनेक्ट आइपिएसको लिमिट बढाउन आग्रह गरेको, शेयर धितो राखी प्रवाह हुने कर्जाको सीमा हालको ६५ प्रतिशतबाट बढाएर ७५ प्रतिशतमा पुर्याउन आग्रह गरेको पनि अध्यक्ष ढुंगानाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button