तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम प्रधानसेनापति बस्नेतको शलिकमा माल्यार्पण

107)

फागुन १५, काठमाडौँ ।

नेपाली सेनाका प्रथम प्रधानसेनापति शिवराम सिंह बस्नेतको दुई सय ७८औँ स्मृति दिवस मनाइएको छ । काठमाडौँको जहरसिंह पौवास्थित उहाँको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुका साथै विविध कार्यक्रमसहित स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सालिकमा माल्यार्पण गर्दै आधुनिक नेपालको निर्माण गर्ने एकीकरण अभियानमा बस्नेतले बीरगति प्राप्त गर्नु भएको भन्दै उहाँ नेपाली सेना र सिङ्गो नेपालकै शान भएको बताउनु भयो । उहाँले राष्ट्र एकीकरण र राष्ट्रलाई विदेशी बैरीहरुबाट जोगाएर राख्नका लागि उहाँले महत्वपूर्ण योगदान गर्नु भएको भन्दै उहाँको बलिदानको सम्मान गर्ने कार्यलाई नेपाली सेनाले सधैँ महत्व दिँदै आएको धारण ब्यक्त गर्नु भयो । उहाँले प्रथम प्रधानसेनापति बस्न्यातलाई नेपालीले बिर्सन नहुने र स्वर्णाक्षरले इतिहास लेखिनुपर्ने व्यक्तित्व भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य बाबा बस्नेतले नेपालको इतिहास निर्माणमा चेलीबेटी र बुहारीहरुको पनि ठूलो भूमिका रहेको भएता पनि इतिहासमा स्थान नदिइएको गुनासो गर्नुु भयो । उहाँले वीराङ्गना शुरप्रभा बस्न्यातको पनि सालिक र सम्मान आवश्यक रहेको बताउनु भयो ।

विभूति भक्ति थापा प्रतिष्ठानका अध्यक्ष रोहित थापाले विसं १७७१ देखि १८७२ सम्म एक शताब्दीमा हाम्रा पूर्वजले गरेका ऐतिहासिक कामको सही मूल्याङ्कन हुनु जरुरी छ भन्दै वीर पुर्खाहरुका नाममा स्थापित सबै सङ्घसंस्थाहरुलाई एउटै छानामुनि संस्थागत गर्नु उचित हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभूति बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष प्राडा धनबहादुर कुँवरले पहिलाका राष्ट्र सेवकहरूमा राष्ट्रको लाभ हेर्ने प्रचलन रहेको तर अहिले व्यक्तिगत लाभ हेर्ने प्रवृत्ति मौलाउँदै गएको चर्चा गर्दै सिन्धुलीगढीको लडाइँ युद्धकलाको अनुपम नमूना भएको बताउनुभयो ।

शङ्खरापुर नगरपालिका–३ का अध्यक्ष सूर्यबहादुर तामाङले पुर्खाको खोजीनिती गर्ने कार्यलाई सबैले प्रेरित गर्नुपर्ने बताउँदै जहरसिंह पौवामा राष्ट्र एकीकरण सङ्ग्रहालय स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रम आयोजक संस्था श्रीपाली बस्न्यात समाज नेपालका अध्यक्ष पूर्वराजदूत डाक्टर निरञ्जन मानसिंह बस्नेतले शङ्खरापुर नगरपालिकाले उपलब्ध गराएको स्थानमा राष्ट्र एकीकरणमा सहभागी सबै वीर योद्धाहरुको सालिक, हतियार र परिचयसहितको सङ्ग्रहालय बनाइने र कीर्तिपुर मत्स्यगाउँमा पनि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक स्थापना गरिने कार्यक्रमबारे जानकारी दिनुभयो ।

विसं १७७१ मा गोरखामा जन्मिनुभएका शिवराम सिंहले नेपाल एकीकरणको युद्धका क्रममा विसं १८०३ मा साँगाचोकमा वीरगति प्राप्त गर्नुभएको थियो । बस्नेतको सम्मानमा जहरसिंह पौवा बजारमाथिको डाँडामा गत वर्ष निर्माण गरिएको ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button