तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

उदयपुर । उदयपुरमा मोटर चलाउँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार जिल्लाको उदयपुर गढी गाउँपालिका वडा न-६ ओदालेमा खेतमा पानी लगाउन मोटर चलाउँदा करेन्ट लागेर एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ  ।

केही दिनदेखि पानी नपरेका कारण खेत सुकेको र इनारको पानी मोटरबाट तानेर खेतमा लगाउन मोटर चलाउँदा स्थानीय होम बहादुर मगरको छोरा २५ वर्षका राजु आले मगरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । मोटरको नाङ्गो  तार पानीमा  झरेको अवस्थामा राजुले तार छोएकोले करेन्ट लागेको प्रहरीले बताउनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button