तपाईँ सुन्दै हुनुहुन्छः

‘जनहितलाई सर्वोपरि ठानेर काम गर्न आग्रह’

May be an image of 6 people and text

वीरगञ्ज (पर्सा) । जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवले जनहितलाई सर्वोपरि ठानेर काम गर्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

जसपा पर्सागढी नगर समितिद्वारा आज यहाँ आयोजित विस्तारित बैठकमा उहाँले समाजवादको मार्गदर्शनअनुसार जनहितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

उपमहासचिव यादवले पर्सागढीको विकास र समृद्धिका लागि ठोस योजना बनाएर कार्यान्वयनमा दृढतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “स्थानीय जनताका समस्यालाई नजिकबाट बुझेर, तिनको समाधान गर्ने दिशामा अगाडि बढ्न हामी प्रतिबद्ध छौँ,” उहाँले भन्नुभयो, “हामीले पर्सागढीका आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि विशेष प्याकेज लिएर आउँदैछौँ ।”

मन्त्री यादवले आफूले यहाँका जनताको समस्यालाई नजिकबाट बुझ्न र समाधानका उपायहरूलाई शीघ्र कार्यान्वयनमा ल्याउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button