तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार सचिव र कार्यकारी निर्देशक लामाबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामाबीच आर्थिक बर्ष २०८१।०८२ को लागि कार्य सम्पादन सम्झौता भएको छ ।

मन्त्रालयका आज एक कार्यक्रममा बीच सञ्चार सचिव अर्यालले रेडियो नेपालका कार्यकारी निर्देशकलगायत मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता गर्नु भएको हो । 

रेडियो नेपालका कार्यकारी निर्देशक लामासँग भएको सम्झौतामा चालु आर्थिक वर्षभित्र सम्पादन गर्नुपर्ने मुख्य कामहरूलाई कार्यसम्पादन सूचक कायम गरि छुट्टा छुट्टै अङ्कभार निर्धारण गरि कार्यसम्पादन सम्झौता गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button