तपाईँ सुन्दै हुनुहुन्छः

‘अध्यात्म सन्देश’ रेडियो कार्यक्रमलाई निरन्तरता दिने सम्झौता

काठमाडौँ । रेडियो नेपालबाट हरेक दिन बिहान प्रसारण हुने ‘अध्यात्म सन्देश’ रेडियो कार्यक्रमलाई निरन्तरता दिने सम्झौता भएको छ।

रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाको उपस्थितिमा नायव कार्यकारी निर्देशक चन्द्रभुषण लाल दास र राधा माधव समितिका महासचिव वसन्तप्रसाद जोशीले आज सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

अध्यात्म सन्देश कार्यक्रम रेडियो नेपालबाट हरेक दिन बिहान ५:२५ देखि ५:५० बजे सम्म प्रसारण हुँदै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button