तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसको अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपतिको सहभागिता 

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को अवसरमा बिहीबार बिहान  सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभयो । 

 राष्ट्रपति पौडेलको सम्मानमा सो अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

नेपाल सरकारद्वारा आयोजित सो कार्यक्रममा विभित्र जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button