तपाईँ सुन्दै हुनुहुन्छः

सप्रोस नेपालको ३४औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ। मुलुकको ग्रामीण समुदायमा जलवायुमैत्री कृषि प्रविधि, पूर्वाधार विकास, खाद्य सुरक्षा र विपद् जोखिम न्यूनीकरण जस्ता क्षेत्रमा काम गर्दै आएको सप्रोस नेपाल नामक गैर सरकारी संस्थाले काठमाडौँमा ३४औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

सप्रोस नेपालका अध्यक्ष डा अरुणराज कुँवरले नेपाल सरकार, दाता र साझेदार संस्थाहरूलाई निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै संस्थाले देशका ५५ भन्दा जिल्लामा छ लाख घर परिवारका लागि एक सय ५० भन्दा बढी परियोजना कार्यान्वयन गरेको जानकारी दिनुभयो ।

सप्रोस नेपालका कार्यकारी निर्देशक डा एकराज ओझाले आगामी दिनमा सप्रोसले नेपाललाई हरित, स्वस्थ, समृद्ध र खुसी राष्ट्र बनाउनका लागि निरन्तर योगदान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सप्रोसले तयार पारेको ‘सुपोषण र सुस्वास्थ्य’ सम्बन्धी पुस्तकको विमोचन गरिएको थियो ।

पुस्तकको विमोचन डा ज्योति भट्टराई र नेपाल डाइटिसियन सङ्घको टोलीले गर्नुभएको हो । डा ज्योति भट्टराईले सबैलाई स्वास्थ्यमा लगानी गर्न र जैविक कृषि प्रवर्द्धन गर्न जोड दिनुभयो । विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिहरूले ग्रामीण समुदायमा सप्रोसले गरेको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा सप्रोसले नवीनतम प्रविधिहरू, ‘इन्फोग्राफिक्स’हरू प्रदर्शनीमा राखेको थियो । जसमा फुलचोकी माध्यमिक विद्यालयका ४० भन्दा बढी विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button