तपाईँ सुन्दै हुनुहुन्छः

व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन भएको छैन : अध्यक्ष राउत

बाँके । देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बताउनुभएको छ ।

बर्दियाको गुलरियामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले गणतन्त्रलाई सुधार गर्नका लागि ‘नौलो गणतन्त्र’ आन्दोलनको घोषणा गरिएको जिकिर गर्नुभयो । उहाँले ‘दोस्रो गणतन्त्र’ र ‘सामाजिक लोकतन्त्र’का लागि युवालाई तयार अपिल गर्नुभयो ।

कार्यक्रममा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति, पूर्व खानेपानी मन्त्री एवं जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले विश्वमै उत्कृष्ट मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आए पनि जनतामा अन्योल रहको दाबी गर्नुभयो ।

कार्यक्रमको जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष इन्जिनियर दिपक शाह, राष्ट्रिय परिषद् अध्यक्ष जयकान्त राउत, जनमतका राष्ट्रिय सचिव राधा यादव लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन जनमत पार्टीका बर्दिया प्रवक्ता रामदुलारे सोनकरले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button