तपाईँ सुन्दै हुनुहुन्छः

तीन नातीको पोखरीमा डुबेपछि साह परिवार शोकमा

जनकपुरधाम । एक्कै परिवारका तीन नातीको पोखरीमा डुबेर मृत्यु भएपछि धनुषाको लक्ष्मीनिया गाउँपालिकाको वडा नंं ७ लक्ष्मीनियाका महावीर साहको परिवार शोकमा डुबेका छन् ।
हिजो साझ महावीर साहका तीन जना नातीको पोखरीमा डुबेको समाचार आएपछि सम्पूर्ण साह परिवार नै शोकमा डुबेका छन् । पोखरीमा डुबेर मृत्यु हुनेमा वर्ष १० को आदित्य कुमार साह, वर्ष ८ को आयुस साह र वर्ष १४ को सुशान्त साह छन् ।
महावीर साहको घरमा वर्षिको भोज खान आएका छोरी पट्टीका तीन नातिको मृत्युको खबरले साह परिवार मात्र होइन सिङ्गो रुपमा लक्ष्मीनिया गाउँ नै शोकमा डुबेका छन् । घरका अधिकांश सदस्यहरु भोजमा व्यस्त रहेको बेला बालकहरू गर्मी छल्नका लागि पोखरीमा नुहाउन गएको बेलामा डुबेको प्रहरीले जनाएको छ ।
पोखरीमा डुब्ने बालकहरू महावीर साहका तीन छोरीका जेठा छोरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । हिजो साझ साढे ७ बजेतिर घटना भएका थिए ।
यसै बीच तीनैजना बालकको शव प्रादेशिक अस्पताल जनकपुरधाममा आज परीक्षणपछि परिवारजनको जिम्मा लगाउने काम भएको छ । हिजो साँझ अत्यधिक गर्मी भएको वेलामा बालकहरू नुहाउनका लागि पोखरीमा पुगेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button