तपाईँ सुन्दै हुनुहुन्छः

झाडापखालाबाट नरैनापुरवासी त्रासमा, थप एक महिलाको मृत्यु,

बाँके । बाँकेको नरैनापुरमा थप एकजनाको मृत्यु भएपछि स्थानीयवासी भयभीत हुन थालेका छन् । नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।
पासीलाई १८ गते राति बान्ता र झाडापखाला भएपछि स्थानीय मेडिकलमा जाँच गराई बुधबार नेपालगन्जस्थित शिक्षण अस्पतालमा थप उपचारका लागि लगिएकामा उहाँको उपचारकै क्रममा मृत्यु भएको नरैनापुर वडा नं ६ स्थित गङ्गापुर स्वास्थ्य चौकी इन्चार्ज भरतराज बुढाथोकीले जानकारी दिनु भयो । केही दिनअघि नरैनापुरकै वडा नं ३ गेग्ली गाउँमा झाडापखालाको लक्षण देखिएर चार जनाको मृत्यु भएको थियो ।
बुधबार निर्मलाको अचानक मृत्यु भएपछि गङ्गापुरका स्थानीयवासी स्वास्थ्य चौकीमा परीक्षणका लागि आउने क्रम बढेको स्वास्थ्य चौकी इन्चार्ज बुढाथोकीले बताउनु भयो। इन्चार्ज बुढाथोकीले ‘यो बेला मौसमी ज्वरो, आउँमासी, पेट दुख्ने समस्या प्रायः हुने गर्दछ, स्वास्थ्य चौकीमा झाडापखालाको लक्षण भएका केही बिरामी उपचारका लागि आएका छन्,’ ।
झाडापखालाको प्रकोप छैन, तर एकजनाको ज्यान गएपछि स्थानीयवासी डर त्रासले स्वास्थ्य चौकीमा जाँचका लागि आउने क्रम बढेको छ । स्वास्थ्य चौकीमा बिहीबार एकैदिन १०६ जना ज्वरो, आउँ र झाडापखालाको समस्या लिएर आएको उहाँले बताउनु भयो। जसमध्ये ४५ जनाले आऊ र पखालाको लक्षण देखिएको छ ।
त्यसमध्ये तीन जनामा जलवियोजनको अवस्था पाइएपछि औषधोपचार गरेको बुढाथोकीको जानकारी दिनु भयो । अहिले गाउँमा ज्वरो र झाडापखाला जस्ता लक्षण भएका बिरामीहरू बढ्दै गए पनि नरैनापुरका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले नरैनापुरमा झाडापखालाको संक्रमण नरहेको बताउँदै आएका छन्  । गेग्ली गाउँ र सोनवर्षामा गरी चार जनाको मृत्यु भएपछि नरैनापुरवासीमा डरत्रास देखिएको स्थानीयहरूको भनाई छ ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले हाल मौसमी ज्वरो, आउँ, पेट दुख्ने समस्या देखिरहेको उल्लेख गरे । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँपालिकामा कुनै पनि किसिमको सङ्क्रमण फैलिन नदिन स्वास्थ्य टोली गाउँमा खटाएर बिरामीको उपचार गर्न स्वास्थ्य शाखालाई निर्देशन गरिसकेको बताउँदै उहाँले झाडापखालाबाट उपरान्त कसैको ज्यान गए स्वास्थ्य संयोजक माथि कारबाही गरिने जिकिर गर्नुभयो ।
यसैगरी नरैनापुर सँगै जोडिएको डुडुवा १ कुडुवामा झाडापखालाबाट पुरै गाउँ प्रभावित बने पनि आर्थिक अवस्था निकै कमजोर रहेकोले उपचारका लागि सदरमुकाम सम्म पुग्न नसकेको स्थानीयहरूले गुनासो गरेका छन् ।
डुडुवाले कुडुवामा स्वास्थ्य इकाइ स्थापना गरेपनि उक्त इकाइमा औषधि नरहेको र पारामेडिकले गर्ने काम अनमिले गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button