तपाईँ सुन्दै हुनुहुन्छः

कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

काठमाडौं । रेडियो प्रशार सेवा विकास समिति (रेडियो नेपाल)को कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त हुनुभएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले लामालाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उहाँले करिब २३ वर्षसम्म रेडियो नेपालमा कार्यरत रही स्वछीक अवकाश लिनुभएको थियो । पत्रकारितामा स्नातकोत्तर गर्नुभएका लामाले २०५४ सालमा दिपायल प्रसारण केन्द्रबाट उद्घोषकको रुपमा सेवा सुरु गर्नुभएको थियो । लामा मदनभण्डारी फाउण्डेसनको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।

उहाँले संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको पूर्व प्रोड्युसर, रेडियो नेपालका पूर्व बोर्ड सदस्यको रुपमासमेत काम गरिसक्नुभएको छ । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिकाका स्थायी घर हुनुभएका लामा मदन भण्डारी मेमिरोरियल कलेजमा पत्रकारिता विषयक उपप्राध्यापक भूमिकामा समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button