तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मित्र राष्ट्र रुसको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ता पुग्नुभएको थियो ।
रुसमा आयोजित ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उहाँ यही भदौ १६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । यही भदौ १८ देखि २१ गतेसम्म सञ्चालन भएको सम्मेलनमा अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा भाग लिनुभएको थियो । त्यस अवसरमा अध्यक्ष नेपालले चीन, रुस लगायत विभिन्न देशका कम्युनिष्ट नेताहरूसँग भेटघाट तथा आपसी हितका बारेमा छलफल गर्नुभएको थियो ।
अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button