तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम सेनापति बस्न्यातको २७८औँ स्मृति दिवस मनाइयो

कोड नं १०१

जहरसिंह पौवा, १५ फागुन । नेपाली सेनाका सेनाका प्रथम प्रधानसेनापति शिवरामसिंह बस्न्यातको मनाइएको छ । उहाँको सालिक रहेको स्थान जहरसिंह पौवामा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरी उहाँको दुई सय ७८औँ स्मृति दिवसैँ स्मृति दिवस मनाइएको हो ।

बस्न्यातको सम्मानमा जहरसिंह पौवा बजारमाथिको डाँडामा गत वर्ष उहाँको पूर्णकदको सालिक निर्माण गरिएको थियो । सोही स्थानमा विविध कार्यक्रमसहित स्मृति दिवस मनाइको हो ।

विसं १७७१ मा गोरखामा जन्मिनुभएका बस्न्यातले एकीकरण युद्धको क्रममा विसं १८०३ मा साँगाचोकमा वीरगति प्राप्त गर्नुभएको थियो ।

कार्यक्रममा पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले सालिकमा माल्यार्पण गर्दै आधुनिक नेपालको निर्माण गर्ने एकीकरण अभियानका प्रथम सेनापति साथै सो अभियानमा वीरगति प्राप्त गर्ने पहिलो सेनानायक बस्न्यात नेपाली सेना र सिङ्गो नेपालकै शान भएको बताउनुभयो ।

राष्ट्र एकीकरण गर्ने र राष्ट्रलाई विदेशी वैरीहरुबाट जोगाएर राख्ने यी दुई महान् कार्यमा होमिएका वीर पुर्खाहरुको योगदान र बलिदानको सम्मान गर्ने कार्यलाई नेपाली सेनाले सधैँ महत्व दिँदै आएको बताउनुहुँदै पूर्वप्रधानसेनापति क्षेत्रीले बस्न्यातलाई नेपालीले बिर्सन नहुने उल्लेख गर्नुभयो । बस्न्यात स्वर्णाक्षरले इतिहास लेखिनुपर्ने व्यक्तित्व भएको उहाँको भनाइ थियो ।

त्यस्तै सोही कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य बाबा बस्नेतले नेपालको इतिहास निर्माणमा महिलाको ठूलो भूमिका रहेको उल्लेख गर्नुहुँदै इतिहासमा स्थान नदिइएको गुनासो गर्नुभयो । वीराङ्गना शुरप्रभा बस्न्यातको पनि सालिक निर्माण गर्नुपर्ने र सम्मान आवश्यक रहेको उहाँको भनाइ छ ।

विभूति भक्ति थापा प्रतिष्ठानका अध्यक्ष रोहित थापाले विसं १७७१ देखि १८७२ सम्म एक शताब्दीमा आफ्ना पूर्वजले गरेका ऐतिहासिक कामको सही मूल्याङ्कन हुनु जरुरी रहेको बताउनुभयो । वीर पुर्खाहरुका नाममा स्थापित सबै सङ्घसंस्थाहरुलाई एउटै छानामुनि संस्थागत गर्नु उचित हुने उहाँको भनाइ छ ।

त्यस्तै विभूति बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष प्राडा धनबहादुर कुँवरले पहिलाका राष्ट्र सेवकहरूमा राष्ट्रको लाभ हेर्ने प्रचलन रहेकोमा अहिले व्यक्तिगत लाभ हेर्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सिन्धुलीगढीको लडाइँ युद्धकलाको अनुपम नमूना भएको उहाँको भनाइ छ ।

शङ्खरापुर नगरपालिका–३ का अध्यक्ष सूर्यबहादुर तामाङले पुर्खाको खोजीनिती गर्ने कार्यलाई सबैले प्रेरित गर्नुपर्ने बताउँदै जहरसिंह पौवामा राष्ट्र एकीकरण सङ्ग्रहालय स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रम आयोजक संस्था श्रीपाली बस्न्यात समाज नेपालका अध्यक्ष पूर्वराजदूत डा निरञ्जन मानसिंह बस्नेतले शङ्खरापुर नगरपालिकाले उपलब्ध गराएको स्थानमा राष्ट्र एकीकरणमा सहभागी सबै वीर योद्धाहरुको सालिक, हतियार र परिचयसहितको सङ्ग्रहालय बनाइने र कीर्तिपुर मत्स्यगाउँमा पनि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक स्थापना गरिने कार्यक्रमबारे जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button