तपाईँ सुन्दै हुनुहुन्छः

विरेन्द्रतालमा हिमपहिरो खस्दा साम्दो जाने काठेपुल बगायो

 गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँ स्थित विरेन्द्रतालमा हिमपहिरो जाँदा विरेन्द्र तालखोला स्थित काठेपुल बगाएको छ । आज विहान ८ बजे आएको हिमपहिरो पछि तालमा पानीको मात्रा बढ्न जाँदा सामागाउँ हुँदै साम्दो जाने विरेन्द्र तालखोला स्थित काठेपुल बगाएको हो । खोलामा पानीको मात्रा बढी हुँदा पुल बगाएको स्थानीय चोखे लामाले बताउनुभयो ।

पानीको मात्रा त्यति धेरै नभएपनि वर्षातको जस्तो अवस्था देखिएको उनले बताए । तल्ला तटिय क्षेत्रका मानिसहरुलाई सावधानी अपनाउन सञ्चार गरिएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयो । 

Back to top button