तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ भवनबाट भरपर्दो सेवा प्रवाह हुन थालेपछि चौतारा अस्पतालमा भिड

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा विरामी चाप बढ्न थालेको छ । नवनिर्मित भवनबाट भरपर्दो स्वास्थ्य सेवा प्रवाह हुन थालेपछि विरामीको चाप बढ्न थालेको हो ।

२०७२ साल बैशाख १२ गतेको महाभूकम्पले ध्वस्त बनाएको चौतारा अस्पताल नौ वर्षसम्म साँगुरो अस्थाइ टहरोबाट सञ्चान हुँदै आएको थियो । पर्याप्त जनशक्ति र प्रविधिको अभावसँगै साँगुरो कोठाबाट सञ्चालन हुँदै आएको यो अस्पतालमा भरभर्दो उपचार नभएको भन्द स्थानीयहरु सामान्य रोगको उपचारका लागि पनि धुलिखेल वा राजधानीका अस्पतालमा धाउने गर्थे । छिमेकी राष्«ट चीन सरकारको सहयोगमा अस्पताल पुनर्निमार्ण भएपछि अस्पताल पूर्णतः प्रविधियुक्त भएको छ ।

अस्पताललाई आवश्यक उपकरण, औजार र फर्निचर लगायतका समाग्री चीन सरकारले नै उपलव्ध गराएको छ । १५ शैय्याबाट स्तारोन्नति गर्दै हाल ५० शैय्यासहित अस्पताल नयाँ भवनबाट नै सञ्चालन हुँदै आएको छ । अस्पताललाई आवश्यक जनशिक्ति पनि क्रमश व्यवस्थापन हुँदै आएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्टेट डा. रुद्रमणि भण्डारीका अनुसार हाल अस्पतालमा १४ जना चिकित्सक कार्यरत छन् ।

अस्पतालमा नियमिति सेवा अन्तर्गत बहिरंग इमर्जेन्सि, सामाजिक सुरक्षा इकाइ, फार्मेसी लगायतका सेवाहरु २४ घण्टा सञ्चालन हुँदै आएको र थप दन्त विशेषज्ञ, हाडजोर्नी विशेषज्ञको व्यवस्थापन, सर्जरी र फिजियोथेरापी सेवा पनि सुरु गरिएका डा. भण्डारीले जानकारी दिनुभयो । अब छिट्टै डालोसिस सेवा पनि सुरु गर्दैछौं डा. भण्डारीले भन्नुभयो ।

सामान्य रोग लाग्दा पनि अन्य जिल्लाका अस्पताल धाउँदै आएका स्थानीय विरामीहरु चौतारा अस्पतालबाट नै भरपर्दो सेवा पाउन थालेपछि भने खुशी भएका छन् । अस्पतालमा उपचार गर्दे गरेका स्थानीय रामबहादुर घले अस्पतालको सेवा सुविधा सन्तोषजनक रहेको बताउनु हुन्छ । यसअघि धुलिखेल अस्पताल पुगेर उपचार गराउँदै आउनु भएको घलेले अझै दक्ष जनशक्तिसहित अस्पताल सञ्चालन गर्नुपर्ने बताउनुभयो । खासगरि फिजियोथेरापी र सुत्केरी गराउने महिलाहरु अहिले चौतारा अस्पतालमा नै उपचार गराउन आकर्षित भएका छन् । नियमित फिजियोथेरापी गर्न धुलिखेल वा काठमाण्डौं धाउँदै आएका विरामीहरुले अहिले चौतारा अस्पतालबाट नै सेवा लिन थालेका छन् । सुत्केरी महिलाहरुका लागि शल्यक्रिया सेवा सुरु भएपछि चौतारा अस्पतालमा सुत्केरी गराउने महिलाहरुको पनि चाप बढ्न थालेको अस्पतालले जनाएको छ ।

चीन सरकारको ६ करोड १० लाख आरएमबी अनुदान सहयोगमा २०७९ भदौ २४ निर्माण सुरु भएर करिव १८ महिनाको छोटो अवधिमा निर्माण कार्य सम्पन्न भएको यो अस्पतालमा ९३ स्टोरिज, वाटरपम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले नै उपलब्ध गराएको हो । अस्पतालमा भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष तयार भएको छ् । भुइँतलामा चार सय ५० केभी पावर जेनेरेटर र मेडिकल वेस्ट वाटर प्रोसेसिङ उपकरण पनि जडान गरिएको छ ।

त्यस्तै फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी पुनर्वास कक्ष, पोषण भान्सा, ड्युटी रुम, बहिरंग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्षको समेत व्यवस्था गरिएको छ ।

पहिलो तलामा नर्सिङ स्टेसन, २९ शैयाको अन्तरंग विभाग, सो क्लासरुम, सात शय्याको प्रसूति विभाग, दुई अपरेटिङ कक्ष, रिकभरी कक्ष, नवजात शिशु स्याहार मेसिन, फोटो थेरापी उपकरण, बालबालिका उपचार कक्ष, पुरुष र महिलाका लागि छुट्टाछुट्टै ड्रेसिङ कक्ष, मेडिकल स्टाफ आराम कक्ष छन् । दोस्रो तलामा प्रशासनिक कार्यालय, तालिम हल, गतिविधि कक्ष, अप्रेसन डिपार्ट, पुस्तकालय, सम्मेलन रुम, अस्पताल निर्देशक कक्ष र मेडिकल डकुमेन्ट रुम छन्। तेस्रो तलामा पानी प्रशोधन कक्ष जहाँ कार्बन र बालुवा फिल्टर मेसिन छन्। अप्रेसन कक्षका लागि स्वच्छ हावा तयार पार्ने मेसिन र दुईवटा ठूला लुगा धुने मेसिन राखिएका छन्।

सबै तलामा अत्याधुनिक अपरेटिङ सिस्टम जडान गरिएको छ भने थप तीन वर्षसम्म चिनियाँ प्राविधिक टोली अस्पतालमै रहने र उनीहरूले मेसिन र अपरेटिङ सिस्टम सिकाउने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button