तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा परी महिलाको मृत्यु 

डोटी । डोटीको आदर्शमा पहिरोमा परी एक वृद्ध महिलाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् ।
मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका ३ की ६१ वर्षीया कौमती देवी ऐर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । पहिरोमा मृतककी नातिनी करिब १०र१२ वर्षीय भुवनेश्वरी ऐर रहेकी छन् ।
मृतक कौमती नातिनीसहित आदर्श गाउँपालिका ६ सवखोला छोरीको घर जान भनी घरबाट हिँडेकी थिइन् । दिउँसो १२ बजेको समयमा बाटोमा हिँडिराखेको अवस्थामा सोही गाउँपालिका–३ धनियाँ खोलामा माथिबाट पहिरो खस्दा ढुङ्गा लागी कौमतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।
घाइते भुवनेश्वरीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था मध्यम रहेको डोटी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button