तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्रीको आग्रह

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मतकुमार कार्कीले राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरूले महत्वपूर्ण योगदान रहेको बताउँदै गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन आग्रह गर्नुभएको छ ।
मोरङ निर्माण व्यवसायी सङ्घको २७ औँ साधारण सभाको आज उद्घाटन गर्दै उहाँले व्यवसायीहरूले  निर्माण क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले खरिद ऐनप्रति लक्ष्य गर्दै निर्माण व्यवसायीलाई सहज हुनेगरी नीतिनियम सच्चाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो , “चालु आर्थिक वर्षको मौद्रिक नीतिले निर्माण व्यवसायीमा आशा जगाएको छ ।” साथै उहाँले व्यवसायीलाई भुक्तानी दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले भुक्तानीमा भएको विलम्बले निर्माण व्यवसायीहरू गम्भीर आर्थिक समस्यामा परेका बताउनुभयो । उहाँले सम्पन्न भएका परियोजनाको रकम अविलम्ब दिनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माण व्यवसायी सङ्घका कारण २५ लाखले रोजगारी पाएका बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button