तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल खण्ड भोलि बेलुकादेखि बन्द हुने

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्डको हिउँदे खोला क्षेत्रको सडक बन्द हुने भएको छ ।

तिनाउ गाउँपालिका-३ स्थित हिउँदे खोला सडक खण्डमा बाटो भासिएकाले त्यस क्षेत्रमा मर्मतको लागि बाटो बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सम्भावित क्षति न्यूनीकरण गर्नका लागि भोली बेलुका ७ बजे देखि बिहान ६ बजेसम्म अर्को व्यवस्था नभएसम्म सिद्धार्थ राजमार्गको पाल्पा जिल्ला तिनाउ गाउँपालिका-३ स्थित हिउँदे खोला सडक खण्डमा सम्पूर्ण सवारी साधनहरू आवतजावत गर्न बन्द गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो ।

सो स्थानमा एकतर्फी रुपमा सवारी साधन सुचारु रहेको भएपनी अत्यधिक जोखिम अवस्थामा रहेकाले भोलि बेलुकाबाट अत्यावश्यक बाहेक यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ । एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपर्ने अवस्थामा प्रहरी वा प्रशासनमा जानकारी गराएर मात्र चलाउन जिल्ला प्रशासनको अनुरोध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button