तपाईँ सुन्दै हुनुहुन्छः

इलाम उपनिर्वाचन : मतगणना आज

इलाम । इलाम निर्वाचन क्षेत्र २ को मतगणना आइतबार बिहानदेखि हुने भएको छ ।

निर्वाचन क्षेत्रका दुर्गम मानिएका चुलाचुली, माङसेबुङलगायतका क्षेत्रको मतपेटिका राति अबेर मात्र आइपुग्ने भएपछि मतगणना आज सुरु गर्ने तयारी गरिएको हो । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार केही मतदान केन्द्रको मतपेटिका ढिलो आइपुग्ने सम्भावना र मतपेटिका आएर मतपेटिका रुजु गर्न समय लाग्ने भएपछि गणनाको काम आज मात्र सुरु गर्ने अधिकृत घिमिरेले जानकारी दिनभयो।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले भोलि अहिले बिहान सर्वपक्षीय बैठक सकेपछि मात्र मतगणना गर्ने टुङ्गो लागेको बताउनुभयो। राजनीतिक दलका प्रतिनिधिले पनि आजबाट मात्र गणना सुरु गर्न सुझाव दिएको हो ।

संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो । इलाम २ मा एमालेबाट नेम्वाङका छोरा सुहाङ नेम्वाङ, काँग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचानवादीका डकेन्द्रसिंह थेगिम बिचमा प्रतिस्पर्धा हुने देखिएको छ । इलाम २ मा राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button