तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बैङ्क लिमिटेड फत्तेपुरका सुरक्षा गार्ड फुयाँल मृत फेला

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुर स्थित नेपाल बैङ्क लिमिटेडका सुरक्षा गार्ड मृत फेला परेका छन् ।

सप्तकोशी– २ घर भई बैङ्कमा सुरक्षा गार्ड रहेका ५६ वर्षीय पशुराम फुयाँल मृत फेला परेका हुन । विगत ८ वर्षदेखि बैङ्कमा कार्यरत फुयाँल सुतेकै ठाउँमा मृत अवस्था फेला परेका हुन् भने मृत्युको कारण खुलेको छैन । बैङ्क स्रोतका अनुसार उनको वरिपरि रगतका टाटा देखिएका छन् ।

प्रेसरको औषधी सेवन गर्दै गरेका उनको सोही कारणले मृत्यु भएको हो वा अन्य कुनै कारण छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । बिहान ७ बजेसम्म पनि गार्डको कोठा नखुलेपछि बैङ्कका कर्मचारीलाई शङ्का लागेर ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको सोही बैङ्कका अर्का गार्ड कर्ण थापाले बताउनुभयो । 

वडा नम्बर २ का वडा अध्यक्ष हाजिर हुसेनले फुयाँलको बैङ्क भित्र रहस्यमय मृत्यु भएको छ, यसको सत्यतथ्य छान बिन गर्न र सिसि क्यामेराको फुटेज सार्वजनिक गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो । 

मृतक फुयाँलका श्रीमती, २ छोरा र २ छोरी छन् । उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button