तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा मलामी विश्राम घर निर्माण

कमलबजार । अछामको कमलबजार नगरपालिका–३ मा पर्ने बेलखेतमा मलामीका लागि विश्राम घर (पक्की प्रतीक्षालय) निर्माण कार्य सम्पन्न भए पश्चात्  एक कार्यक्रमका बिच कमलबजार नगरपालिका लाई हस्तान्तरण गरिएको छ । 

अछाम जिल्लास्थित नेपाली सेनाको गोरख बक्स गणले अछाम र दैलेख जिल्लाको सिमानामा गर्ने बेलखेतमा मलामी विश्राम घर निर्माण गरेको हो । गणपति जनक सिलवालले नेपाली सेनाको शीघ्र प्रभाव आयोजनाअन्तर्गत स्थानीयको आवश्यकताअनुसार विश्राम घर निर्माण गरिएको जानकारी दिनु भयो ।

नेपाली सेना र नागरिकबीच सुमधुर सम्बन्ध स्थापना गर्ने उद्देश्यले रु सात लाख ५० हजारमा विश्राम घरसँगै पक्की कम्पाउन्ड, आधुनिक शौचालय र पिपल चौतारी निर्माण गरिएको र कमलबजार नगरपालिकाले यश अघि उद्घोषण गरेको ७ लाख ५० हजार बराबरको निर्माण सामग्रीका साथै थप ५लाख ५० हजार गरि जम्मा २० लाख ५० हजारमा निर्माण कार्य सम्पन्न भएको नगर प्रमुख यज्ञ प्रसाद ढकालले  बताउनु भयो  । 

विश्राम घरबाट कमलबजार नगरपालिकाका ६ वडा र पञ्चदेवल विनायक नगरपालिकाका चार वडाका नागरिक लाभान्वित हुने कमलबजार नगरप्रमुख  ढकालले बताउनु भयो । हाल मलामी विश्राम घर निर्माण गरिएको र निकट भविष्यमा घरको दोस्रो तला थपेर किरिया पुत्री भवनका रूपमा विकास ढकालको भनाइ छ । नगरपालिकालाई भवन हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले नेपाली सेनाले स्थानीय नागरिकसँग समन्वय गरी विश्राम घर निर्माण गरेकामा धन्यवाद दिनुभयो।

कार्यक्रमको प्रमुख अतिथिको आशन बाट बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष ललित बहादुर कुँवरले  घर निर्माण भएपछि वर्षात र रातको समयमा मलामीलाई बस्न सजिलो हुने बताउनु भएको थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button