तपाईँ सुन्दै हुनुहुन्छः

इलाम २ उप निर्वाचन: मतगणना सुरु, फाकफोकथुम गाउँपालिकाबाट गणना थालियो

इलाम । इलाम २ उपनिर्वाचनको मतगणना सुरु भएको छ । इलाम सदरमुकामस्थित गौतम बुद्ध सभा गृहमा दुई स्थानमा मतगणना थालिएको हो । सिसि क्यामेराबाट निगरानी र तारजाली सहित गणना स्थलको कडा सुरक्षा ब्यवस्था मिलाइएको छ ।
आज बिहान बसेको सर्वदलीय बैठकले मतगणना ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो। निर्धारित समय भन्दा केहि ढिलो गरि मतगणना सुरु भएको छ । फाकफोकथुम गाउँ पालिकाबाट १ बाट गणना सुरु गरिएको छ । एउटा वडा गणना सकिएपछि मत परिणाम सार्वजनिक गरिने निर्णय भएको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले बताउनुभयो ।

त्यसपछि क्रमशः चुलाचुली, माङ्सेबुङ गाउँपालिका माई, देउमाई र इलाम नगरपालिकाको गणना हुने निर्णय भएको छ । प्रत्येक वडाको गणनापछि परिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
शनिबार भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । नेकपा एमाले उपाध्क्ष सांसद सविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुदैछ । १९ जना उम्मेद्धार चुनावी मैदानमा छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button