तपाईँ सुन्दै हुनुहुन्छः

इलाम उपनिर्वाचन मतगणना ११ बजे बाट

इलाम । इलाम निर्वाचन क्षेत्र २ को मतगणना आइतबार बिहान ११ बजे देखि हुने भएको छ ।

गणना फाकफोकथुम गाउँपालिका बाट गणना सुरु गर्ने अहिले बिहान ७ बजेबाट बसेको सर्वपक्षीय बैठकले निर्णय गरेको हो।निर्वाचन क्षेत्रका दुर्गम मानिएका क्षेत्रको मतपेटिका राति अबेर मात्र आएपछि मतगणना थोरै ढिलो भएको निर्वाचन अधिकृत केशव प्रसाद  घिमिरेले जानकारी दिनुभयो ।

इलाममा हिजो सम्पन्न उप निर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ जना मतदाता मध्ये ६९ हजार दुई सय ८७ (५९ दशमलव ७९ प्रतिशत) मतदाताले मतदान गर्नु भएको छ । इलाम २ मा स्वतन्त्र र राजनीतिक दलका गरी १९ जना उम्मेदवार रहनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button