कृषि व्यवसाय स्रोत केन्द्र बनाउने अभियान सुरु
खोटाङ । कृषि क्षेत्रको विकासका लागि खोटाङको साकेला गाउँपालिकाले हरेक वडामा कृषि व्यवसाय स्रोत केन्द्र बनाउने अभियान सुरु गरेको छ ।
गाउँपालिकाले आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशुपक्षीपालन लगायत फरक फरक कृषि व्यवसायको स्रोत केन्द्र बनाउने अभियान थालेको हो ।
गाउँपालिकाको हरेक वडामा कृषक समूह गठन गरेर अभियानलाई तीव्रता दिइएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताउनुभयो ।
गाउँपालिकाले कृषि क्षेत्रमा लगानी बढाएपछि यस पेशाप्रति युवाहरु पनि आकर्षित भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्