तपाईँ सुन्दै हुनुहुन्छः

बजेट आउन ९ दिन बाँकी

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६।०७७ को बजेट आउन ९ दिन मात्र बाँकि रहेको छ ।

आगामी बजेटलाई ध्यानमा राखेर बजेटका विभिन्न पक्षका बारेमा विभिन्न पक्षबाट छलफल गर्ने र अर्थमन्त्रालयलाई सुझाव दिने क्रम जारी रहेको छ ।

यसै क्रममा नेपाल आर्थिक संघले मंगलबार बजेटको सुधारमार्फत लगानीको अनुभूति विषयक अन्तरकृया कार्यक्रको आयोजना गर्यो । कार्यक्रमका वक्ताहरुले आगामी बजेट नेपालको अहिलेको आर्थिक वास्तविकतामा आधारित भएर आउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वक्ताहरुले कृषिको व्यवसायिकरण, आन्तरिक उप्पादनको वृद्धि, बजारीकरण, निर्यात क्षमता बढाउने गरी आगामी बजेट आउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कडेलले आगामी बजेट जनताको चाहना र आगामी योजनाको लक्ष्य र उद्देश्यलाई आत्मसाथ गरी आउने अपेक्षा गरिएको बताउनु भयो ।

उहाँले आगामी बजेटले दक्ष जनशक्ति उत्पपादन,कृषिको व्यवसायिकरण, रोजगारीको श्रृजना, ठूलो स्तरमा खेती गर्ने प्रणालीको स्थापना र प्रोत्साहन जस्ता विषयलाई बजेटले समेटनु आवश्यक भएको बताउनु भयो ।

पूर्व अर्थमन्त्री शंकर कोइरालाले बजेट मार्फत सरकारले निर्माण गर्ने विकास पूर्वाधारहरुको लागि प्रर्याप्त बजेट छुट्टयाउनु पर्ने सुझाव दिनु भयो । उहाँले बजेट रका का सार्थ खर्चको प्रभावकारी संयन्त्र पनि आउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेपाल आर्थिक संघका कार्यवाहक अध्यक्ष डा भवानी ढुङगाना लगायतले सरकारले देशमा परिर्वतन र जनताको अपेक्षा अनुसारका व्यवहारिक बजेट ल्याउन सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button