तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ का नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

जनकपुरधाम । प्रदेश नंं २ को सरकारमा नेकपा माओवादी केन्द्र आजदेखि सहभागी भएको छ । मुख्यमन्त्री लालबाबु राउतले नेकपा माओवादीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । 


नेकपा माओवादीका संसदीय दलका नेता समेत रहनुभएका नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री भरतप्रसाद साहलाई प्रदेश नंं २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले मधेस भवनमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।


कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री रुवी कर्णले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

कार्यक्रममा प्रदेश २ का सभामुख सरोज कुमार यादव, प्रदेश सरकारका मन्त्रीहरू, उच्च अदालत जनकपका मुख्यन्यायाधिश, प्रदेश २ का मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा सहितका व्यक्तिहरू, नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो ।


जनता समाजवादी पार्टीका महन्थ ठाकुर निकट मन्त्रीहरूलाई हटाएर प्रदेश नंं २ का सरकार चलाई रहनुभएका मुख्यमन्त्री लालबाबु राउतले नेपाली काँग्रेसलाई ३ तथा नेकपा माओवादी केन्द्रलाई १  मन्त्रालय दिएर सरकारमा सामेल गराएपछि प्रदेश २ मा तीन दलका गठबन्धनको सरकार बनेको छ ।

मन्त्री साह तथा राज्यमन्त्री कर्णले आजै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button