अछाममा चौथो पटक निषेधाज्ञा थप, जेठ ३१ गतेसम्म कायम रहने
अछाम । अछाम जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको अवधि थप गरेको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले जानकारी दिनुभयो ।
यस अघि जेठ २२ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
जिल्लामा सङ्क्रमित बढ्ने क्रममा रहेकोले खतरा अझै कायम रहेको भन्दै निषेधाज्ञा थप गरिएको प्रजिअ मल्लले बताउनुभयो । अछाममा पहिलो पटक गत वैशाख १९ गते निषेधाज्ञा जारी गरिएको थियो ।
त्यसपछि पटक पटक गरी हाल चौथो पटक जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
जिल्लामा कोरोना महामारीको दोस्रो लहरमा २३ सय ४२ जना गरी हालसम्म जम्मा ४ हजार १४ जना कोरोना संक्रमित रहेका छन् भने हालसम्म २३ जनाको कोभिड- १९ का कारण ज्यान गइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्