गहुँको उत्पादनमा कमी
महोत्तरी । महोत्तरी जिल्लामा यसपाली गहुँको उत्पादन निकै घटेको छ ।
बाली तयार भएर काट्ने बेलामा आएको हावाहुरी र असिनापानीले नोक्सान गरेपछि गहुँको उत्पादनमा कमी आएको हो ।
जिल्लाको ३० हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट ६५ हजार मेट्रिक टन उत्पादन हुने लक्ष राखिएको थियो ।
तर गत चैतको मध्यदेखि नै आएको हावाहुरी र असिनापानीले गहुँ बाली खेतबारीमै लडाएर नोक्सान हुँदा ३५ हजार मेट्रिक टन मात्र उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र डिभिजन कार्यालय मलङ्गवा (सर्लाही) को सम्पर्क कार्यालय जलेश्वर (महोत्तरी)ले जनाएको हो ।
प्रतिक्रिया राख्नुहोस्