तपाईँ सुन्दै हुनुहुन्छः

क्यानडाका लागि नेपालका आवासीय राजदूतद्वारा पद तथा गोपनीयताको शपथ 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत भरतराज पौडेललाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । 

शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button