तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीमा दुई कार्यालय आउने कुरा निर्णय भएको छैन :मन्त्रालय

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीमा लुम्बिनी प्रदेश सरकारका दुई कार्यालय थपिने बताइएको छ । सहरी विकास तथा खानेपानी मन्त्रालय र उद्योग पर्यटन तथा सहकारी मन्त्रालयले यहाँ डिभिजन कार्यालय स्थापना गर्न लागिएको जनाइएको भएपनी आधिकारिक निर्णय भने नभएको मन्त्रालयको भनाई छ।कुरा उठेको भए पनि मन्त्रीपरिषद्मा प्रस्ताव पुग्न र पास हुन बाकी नै रहेको लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

“कुरा उठेको छ ।साथीहरूले यो विषयमा अलि बढिनै चर्चा परिचर्चा गरेछन्।तर मन्त्रालयले प्रस्ताव लैजानै बाकी छ,क्याबिनेट बाट निर्णय हुन बाकी नै छ ।सबै चरण पूरा गर्नै बाकी छ निर्णय नै त भएको छैन”मन्त्री ढकालले भन्नू भयो ।कार्यालय नै न आउने भन्ने त हुँदैन ।ढकालले भन्नू भयो ।

जिल्लामा आउने भनिएका यी दुवै कार्यालयको आवश्यकता महसुस गरी स्थापनाका लागि माग गरिएपनी कार्यालय आउने न आउने विषयमा भने टुङ्गो लागेको छैन ।”यो प्रसङ्ग छलफलमा चाहिँ आएको कुरा सुनेको थिए तर मन्त्रीपरिषबाट कुनै ठोस निर्णय भएको मलाई जानकारी छैन”मन्त्रालयका सूचना अधिकारी विधान अर्यालले भन्नू भयो ।

यता कार्यालय आउने चर्चा चलेसँगै जिल्लाका नेतृत्व बिच जस लिने होडबाजी नै चलेको छ ।सामाजिक सञ्जालमा समेत कसको पहलमा कार्यालय आउन लागेको भन्ने प्रतिस्पर्धा नै चलेको छ ।कार्यालय स्थापनाका लागि यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिले पहल गरेको भने बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button