तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौँ ।  सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच अवरुद्ध संसद् खुलाउने लगायतका विषयमा छलफल भएको हो । 

भेटका क्रममा आफू विरुद्ध सदनमा कुरा उठेपछि संसद्मा बोल्न पाउनुपर्ने प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीसमक्ष कुरा राखेको उपप्रधानमन्त्री लामिछानेले जानकारी दिनुभयो । 

“म माथि प्रश्न उठिसकेपछि मैले सदनमा बोल्न पाउनुपर्छ, त्यसपछि यदि जवाफ चित्त बुझेन भने उहाँहरू (कांग्रेस) को अधिकार प्रयोग गर्न सक्नुहुन्छ, त्यो अधिकार त छँदै छ, त्यसपछि विरोध गर्ने उहाँहरूको अधिकारको सम्मान गर्छु”, उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button