तपाईँ सुन्दै हुनुहुन्छः

आफूविरुद्ध संसद्मा कुरा उठेपछि बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध संसदमा कुरा उठेपछि बोल्न पाउनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आज भएको भेटपछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री लामिछानेले भोलि बस्ने संसद् बैठकमा आफूले बोल्न पाउने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री लामिछानेले पहिला आफूले संसदमा बोल्न पाउनुपर्ने र त्यसपछि पनि चित्त नबुझे संसदमा अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको विरोध गर्ने अधिकारको पनि सम्मान गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button