तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश समन्वय परिषदकाे बैठक पाेखरामा शुरु

पाेखरा । गण्डकी प्रदेश समन्वय परिषदकाे बैठक पाेखरामा सञ्चालन भएकाे छ । आजबाट  पोखरामा सुरु भएको समन्वय परिषद्काे बैठकमा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख सहभागी छन् ।

बैठकमा प्रदेश– स्थानीय तहको समन्वय, सहजीकरण, र समस्यालगायत दिगो विकासकाे लक्ष्य,राजस्व बाँडफाँडको कामलाई चुस्त दुरुस्त राख्ने,पन्ध्रौं योजनाको राष्ट्रिय लक्ष्य र स्थानीय तहको भूमिका, गण्डकी प्रदेशको पञ्चवर्षीय योजना, सम्भाव्यता अध्ययन र विस्तृत आयोजना तयार पार्दा ध्यान दिनुपर्ने कुराहरू, स्थानीय तह सञ्चालनमा सुशासन, सहजीकरण समितिका कार्यप्रगति लगाएतकाे विषयमा छलफल चलेकाे छ ।

बैठकलाई सम्बाेधन गर्दै  परिषद्का अध्यक्ष एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश र स्थानीय सरकारले  संघीयताको आधार तयार पार्न सफल भएको बताउनुभयाे । संघिय सरकारले संघियताकाे मर्म अनुसार अधिकार नदिई आफैले अधिकार राखे पनि आफुहरु संघीयताको आधार र विधि तयार पार्न सफल भएको दाबी गर्नुभयो ।

प्रदेश विकासका याेजना र वार्षिक बजेटले जनताका सामाजिक,आर्थिक र वातावरणीय आकांक्षामाथि जाेड दिदै कार्यक्रमलाई दिविलकाे आधारशिला रहेकाे जनता, ग्रह, समृद्धि, शान्ति र साझेदारीतर्फ  अभिमुख गराएको बताउनुभयो ।

उहाँले प्रदेश र स्थानीय सरकार बिच समन्वय र सहकार्य भने अझै हुन नसकेको बताउनुभयो । स्थानीय तह र प्रदेशबीच राजस्व बाँडफाँट र योजना कार्यान्वयनमा अझै पनि समन्वय हुन नसकेको गुरुङको भनाइ छ ।

मुख्यमन्त्री गुरूङले स्थानीय तहले संकलन गरेको ढुंगा, गिट्टी, बालुवाको ४० प्रतिशत  राजस्व प्रदेश सञ्चित कोषमा दाखिल गर्नुपर्नेमा नगरेको बताउनुभयो ।

प्रदेशले पनि  संघमा दाखिला गर्नुपर्ने हुदा ईमानदारी पुर्वक राजस्व दाखिला गर्न अनुरोध गर्नुभयो ।

दुईदिनसम्म चल्ने बैठकमा प्राकृतिक स्रोत र राजश्व बाँडफाँटको अहिलेको अवस्था र भावी योजनाबारे प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र पन्ध्रौं याेजनाकाे राष्ट्रिय लक्षझर स्थानीय तहकाे भुमिका बारे याेजना अायाेगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलको प्रस्तुति रहने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button