तपाईँ सुन्दै हुनुहुन्छः

झोलुङ्गे पुलबाट वर्षौँपछि आफ्नै भूमिसँग जोडिए सुस्तावासी

नवलपरासी पश्चिम् । नारायणी नदीपारिको गाउँ ऐतिहासिक भूमि पारी सुस्ताका नागरिकको वर्षौँदेखिको अधुरो सपना साकार भएको छ । त्यो सपना साकार पारिदिएको हो नारायणी नदीमाथि बनेको झोलुङ्गे पुलले ।

तिनतिरबाट नारायणी नदी र भारतीय पक्षको चपेटामा परेका सुस्ता ५ का नागरिक पुल बनेपछि निकै हर्षित बनेका छन् । आफ्नै भूमि आउजाउ गर्न समेत भारतीय बाटो प्रयोग गर्नुपर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ज्यादतीले सुस्ता पारिका नागरिक आजित बनेका थिए ।

सामान्य किनमेल र उपचारका लागि समेत भारतीय बजार जानुपर्ने यहाँका नागरिक पुल निर्माण पछि आफ्नै भूमिसँग जोडिएका छन् । पुल निर्माणपछि सुस्तालाई ग्रामीण पर्यटकीय क्षेत्रको रुपमा समेत बिकास गर्न सकिने सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनुभयो ।

२०७२ असोजमा निर्माण सुरु भएको पुल २०७५ पुसमा सम्पन्न हुनुपर्नेमा ६ वर्षपछि मात्र बनेको हो । ठेकेदार कम्पनीले पटक–पटक काम अलपत्र पारेर सम्पर्कविहीन हुँदा पुल निमार्णमा ढिलाइ भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button