तपाईँ सुन्दै हुनुहुन्छः

उपचाररत किशोरको मृत्यु भएपछि नोभा अस्पतालमा तोडफोड

धनगढी । धनगढी स्थित नोभा अस्पतालमा उपचाररत एक किशोरको मृत्यु भएपछि तनावको अवस्था उत्पन्न भएको छ । परिस्थितिलाई नियन्त्रण लिन भन्दै सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरेका छन् ।

साउन ७ गते अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका २ का १७ वर्षीय निषभ रानाको गए राती मृत्यु भएको थियो । चिकित्सक र अस्पतालको लापरवाहीले रानाको मृत्यु भएको भन्दै आफन्तजनले अस्पतालमा ढुङ्गामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको छ । उनीहरूले अस्पतालमा तोडफोड समेत गरेका छन् । आफन्तजनले उपचारमा संलग्न चिकित्सकमाथि कारबाही र उचित क्षतिपूर्तिको माग समेत गरेका छन् ।

कैलालीका प्रहरी प्रमुख एसपी पदम बिष्टले परिस्थितिलाई नियन्त्रण लिन सुरक्षाकर्मीले केही सेल अश्रुग्याँस प्रहार गरेको बताउनुभयो । उहाँले शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button