तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा गरिएको परीक्षणमा १९ जनामा कोरोना पोजेटिभ

चितवन । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रयोगशालामा असार ३० गते ३०९ जनामा गरिएको परीक्षण गरिएको थियो । ती मध्ये १९ जनामा कोरोना पोजेटिभ देखिएको हो । बांँकी २८९ जनाको नमुना परीक्षण नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका अनुसार नवलपुर जिल्लाको कावासोती र बुलिङटारमा ११ जना संक्रमित थपिएका छन ।  चितवनको माडी नगरपालिकाका वडा नम्बर १, ७, ८ का ८ जना पुरुषमा कोरोना संक्रमति भएको हो । यसैगरी कावासोती ५ र ८ का २ पुरुष, बुलिङटारका ८ पुरुष र एक महिलामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button