हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी एकको मृत्यु
झापा । हात्ती धपाउन आफ्नै खेतमा जडान गरिएको विद्युतीय धरापमा परी झापा मेचीनगर नगरपालिका–९ का ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ ।
थपलियाले जङ्गली हात्तीलाई धपाउन खेतमा नाङ्गो विद्युतीय तार राख्नुभएको थियो । सोमबार बेलुकी ५ः४५ बजे थपलिया खेतमा पानी लगाउन जादा नाङ्गो तारबाट करेन्ट लागि उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी शैलेश थापाले बताउनुभयो ।
मेचीनगरमा स्थानीयले जङ्गली हात्तीबाट बच्न आफ्नो खेतमा विद्युतीय धराप राखेका छन् । यस धरापमा परी बर्षेनी स्थानीयको ज्यान जाने गरेको छ । हात्ती समस्या समाधानका लागि स्थायी समाधान नहुदा घरेलु उपायबाट स्थानीयको ज्यानै जाने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्