तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया एमालेको अध्यक्षमा अधिकारी

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (एमाले)जिल्ला कमिटी बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी निर्वाचित हुनु भएको छ । नेकपा एमाले बर्दियाको १० औँ अधिवेशनले अधिकारीलाई निर्वाचित गरेको हो । 

अधिकारी एक सय ८० मत ल्याएर विजयी हुनु भएको थियो । तीव्र प्रतिस्पर्धा भएको निर्वाचनमा उहाँका प्रतिद्वन्द्वी लाल बहादुर श्रेष्ठले एक सय ७० मत ल्याउनु भएको  थियो । श्रेष्ठ यस अघि नेकपा एमाले बर्दियाको अध्यक्ष हुनुहुन्थ्यो भने अधिकारी उपाध्यक्ष हुनुहुन्थ्यो । 

त्यसैगरी उपाध्यक्षमा दुर्गा बहादुर वलीले एक सय ७९ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी कृष्ण प्रसाद गौतमले एक सय ५९ मत ल्याउनु भएको थियो ।  सचिवमा पदम ढकाल विजयी हुनु भएको छ  । उहाँले एक सय ७६ मत ल्याउनु भएको थियो भने भने उहाँको प्रतिद्वन्द्वी नैनबहादुर खत्रीले एक सय ६८ मत ल्याउनु भएको छ । 

यता उपसचिवमा लाहनु थारुले एक सय ७८ मत ल्याएर विजयी हुनुभएको छ भने जीवन  बहादुर शाही एक सय ५८ मत ल्याएर २० मतले पराजित हुनु भएको छ । महिला उपसचिवमा एक सय ८७ मत प्राप्त गरेर सङ्गीता थारु विजयी हुनु भएको छ भने मञ्जु शर्मा एक सय ५१ मत ल्याएर ३६ मतले पराजय हुनु भएको छ । 

त्यसैगरी लेखा समितिमा विष्णु प्रसाद भट्टराईको अध्यक्षतामा सात सदस्यीय समिति निर्विरोध गठन भएको छ । थप एक सय जना सदस्यहरूको मतगणना अन्तिम चरणमा पुगेको छ । बर्दिया जिल्लामा पदाधिकारी सहित एक सय पाँच जनाको जिल्ला कमिटीका लागि निर्वाचन भएको हो । थप मत परिणाम राती अबेलासम्ममा आई पुग्ने निर्वाचन समितिका प्रमुख मतीराम शर्माले बताउनु भयो । अधिवेशन गत १८ गते देखि सञ्चालन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button