तपाईँ सुन्दै हुनुहुन्छः

क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । 

क्यानले आज एक विज्ञप्ति जारी गर्दै  लामिछानेमाथि भएको निलम्बन फुकुवा भएको जनाएको छ । योसँगै लामिछानेले टी–२० विश्वकप खेल्ने बाटो खुलेको छ ।

उच्च अदालत पाटनले आज गरेको फैसला अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी लामिछाने बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै क्यानले निलम्बन फुकुवा गरेको हो ।

“सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ ।” क्यानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिमा गरिएको निलम्बन फुकुवा भएको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button