तपाईँ सुन्दै हुनुहुन्छः

निस्दी जीप दुर्घटना घाइते दुई जनाको मृत्यु

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा हिजो बेलुका भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन् ।

नवलपरासीको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं.४ खादर तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा परी निस्दी गाउँपालिका वडा नं.४ का ६ वर्षीय राजीव सुनारी र सोही स्थानका २० वर्षीय तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरूको उपचारका क्रममा मध्यबिन्दु अस्पताल नवलपरासीमा गएराति मृत्यु भएको हो।दुर्घटनामा पर्ने सबै निस्दी ४ का स्थानीय रहेका छन्। १५ जना यात्रु सवार उक्त जिप हिजो बेलुका पौने छ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button