तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

राजविराज (सप्तरी) । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ  । 

सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिने क्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताउनुभयो । 

उहाँले आगलागी पीडित जनतालाई राहत तथा पुनर्स्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उहाँले समस्याबाट नआत्तिन पीडित परिवारलाई आग्रह गर्नुभयो । 

“केही दिनभित्रै प्रदेश सरकाले अग्निपीडितका लागि राहत प्याकेज घोषणा गरी पीडित परिवारका घर निर्माणको काम सुरूआत गर्नेछ । प्रदेश सरकार तपाईँहरूको साथमै छ त्यसैले सँगसँगै मिलेर समस्याको सामना गरौँला”, उहाँले भन्नुभयो । 

त्यसअवसरमा मधेस प्रदेशका वन तथा पर्यटनमन्त्री भरतप्रसाद साह, पूर्व अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, मधेश प्रदेशसभा सदस्य मनिष सुमन, किरण साह, प्रमुख जिल्ला अधिकारी किरण थापा, स्थानीय जनप्रतिनिधिलगायत विभिन्न पार्टीका नेताहरूले चिम्टीका अग्नि पीडितहरूको समस्याबारे जानकारी लिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button