राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोध खाता सक्रिय गरी अनुदान रकम लिन आग्रह
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सञ्चालन नगरेका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सञ्चालन गर्न अनुरोध गरेको छ ।
अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निस्कृय भएपछि यस्तो आग्रह गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।
सहप्रवक्ता घिमिरेले आफ्नो खाता सक्रिय गरी खातामा जम्मा भएको रकम निकालेर निजी आवास पुनर्निर्माण शुरु गर्न पनि सम्बन्धित सबै लाभग्राहीलाई आग्रह गर्नुभयो ।
समयमै खाता सक्रिय नगर्नेहरुको हकमा प्राधिकरणले खाता निस्क्रिय तुल्याउने पनि उहाँले जानकारी दिनुभयो ।
आइतबार अपरान्हसम्मको तथ्यांकअनुसार पहिलो किस्ता लिएका ७ लाख ६७ हजार ६०८ लाभग्राहीमध्ये ६ लाख २ हजार ४ सय ४३ ले घर निर्माण शुरु गरेर दोस्रो किस्ता लिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्