तुलसीपुरमा ट्याक्टर पल्टिदा सहचालक घाइते
तुलसीपुर / तुलसीपुरमा ट्याक्टरको ट्रली पल्टिदा एक सहचालक घाइते भएका छन् ।
बिजौरीबाट बालुवातर्फ जाँदै गरेको रा१त ८६९ नम्बरको ट्याक्टरको ट्रली पल्टिदा सहचालक तुलसीपुर उपमहानगरपालिका–१९ हाडीमे निवासी २० वर्षका यसपाल विक घाइते भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको अस्पतालले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्