प्रदेश सचिवालयका कर्मचारीसहित एक सय १२ जनाको थ्रोट स्वाब सङ्कलन
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको यही जेठ १३ गते बस्ने (बर्खे) छैटौँ अधिवेशन (बैठक)लाई लक्षित गरी आज प्रदेश सचिवालयका कर्मचारीसहित एक सय १२ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ ।
पहिलो चरणमा आज प्रदेश सभा सचिवालयका कर्मचारी, सुरक्षाक्रर्मी, पत्रकार गरी एक सय १२ जनाको थ्रोट स्वाब सङ्कलन भएको सभामुख अर्जुन थापाले जानकारी दिनुभयो ।
उहाँले भोलि प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री गण, प्रदेश सभा सदस्यहरूको थ्रोट स्वाब सङ्कलन हुने बताउनुभयो ।
थ्रोट स्वाब सङ्कलनको काम पुरा भएपछि सबैको पिसिआर जाँच गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाको बर्खे अधिवेशन यही जेठ १३ गते बस्दै छ ।
प्रतिक्रिया राख्नुहोस्