दैनिक आपूर्तिको सामानमा मुल्य बृद्धि, उपभोक्ता मारमा
बीरगंज । झण्डै एक महिनादेखि जारी लकडाउनको कारण दैनिक उपभोग्य वस्तुहरुको मुल्य बृद्धि हुँदा आम उपभोक्ता मारमा परेका छन् ।
दैनिक उपभोग्य बस्तु दाल, तेल, चिनि, चामललगायतका सामानको मुल्य बृद्धि भएपछि उपभोक्ता प्रभावित भएका छन् । अहिले खाने तेलमा प्रति कार्टुन एक सय ५० रुपैयाको दरले मुल्य बृद्धि भएको छ भने मसुरोको दाल प्रति किलो ३० रुपैयाले मुल्य बृद्धि भएको छ भने चिनी, चियापति, पिठो, मैदा, चामल, चिउरा लगायतका हरेक दैनिक उपभोग्य सामानको मुल्य बृद्धि भएको छ ।
दाल, चामल, तेल, चिनि मात्र अन्य उपभोग्य सामानको समेत १० देखि १५ प्रतिशत सम्म मुल्य बृद्धि भएको कारण आफुहरु मर्कामा परेको उपभोक्ताहरुले बताएका छन् ।
उपभोग्य सामान बिक्री गर्ने पसलहरुमा स्थानीय प्रशासनले अनुगमन नगर्दा समस्या भएको उपभोक्ताहरुको गुनासो छ ।
स्थानीय प्रशासन लकडाउन सफल बनाउने काममा मात्रै व्यस्त रहदा व्यापारीहरुले कृतिम अभाव सृजना गरी उपभोग्य सामानको मुल्य बृद्धि गरेको आरोप उपभोक्ताको छ ।
यता जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले स्थानीय प्रशासनले बजारमा सुक्ष्म रुपमा अनुगमन गरिरहेको र उपभोक्ताले भनेझै मुल्य बृद्धि चर्काे रुपमा नभएको दावी गर्नुभयो ।
उहाँले तोकिएको मुल्य विपरित उपभोक्तालाई सामान बिक्री गरेको भेटिए त्यस्ता व्यापारीलाई कालाबजारी ऐन अन्तरगत कारवाही गरिने चेतावनी समेत दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्