कोराना भाइरसको त्रासका कारण फोर नेसन्स कप फुटबल प्रतियोगिता रद्द
काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने भनिएको फोर नेसन्स कप फुटबल प्रतियोगिता कोराना भाइरसको त्रासका कारण रद्द भएको छ । फागुन १५ गतेदेखि २४ गतेसम्म काठमाडौंमा हुने भनिएको प्रतियोगिता कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपालसहित अफगानिस्तान, पाकिस्तान र मोरिसस सहभागी हुने बताइएको थियो । कोरोनाको डरले टिमहरू सहभागी टोलीहरू नेपाल आउन डराएको मदन भण्डारी स्पोर्टस एकेडेमीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्