सभामुख सापकोटालाई सिन्धुपाल्चोकमा नागरिक अभिनन्दन
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटालाई सिन्धुपाल्चोकबासीको तर्फबाट नागरिक अभिनन्दन गरिएको छ ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको अगुवाईमा सिन्धुपाल्चोकका नगरपालिका, गाउँपालिका र गैर सरकारी संघसंस्थाहरुले संयुक्तरुपमा नागरिक अभिनन्दन गरेको हो ।
सो अवसरमा सभामुख सापकोटाले देश भक्ति र सदाचारमा आफूले कहिले पनि सम्झैता नगर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताउँदै सभामुख सापकोटाले सभामुख पद कुनै पार्टी विशेषको नभई सिंगो मुलुक र जनताको साझा पद हुने भएकोले आफ्ना कार्यकालमा कसैलाई पाखा र काखा नगर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्