मेसिनमा परेर शिवम सिमेन्टमा कार्यरत एक मजदुरको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा–१६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ । उद्योगमा रहेको रोलर प्रेस (मेशिन) मा परेर उद्योगका मजदुरको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।
उद्योगमा कार्यरत मजदुर कैलालि जिल्ला मशुरीया गाउँपालिका–५ बस्ने ३५ वर्षीय राजन प्रसाद चौलागाईको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अमर प्रसाद गजमेरको टोली घटनास्थलमा पुगेको र थप अनुसन्धान भईरहेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्