कैलालीमा २ दिने हुचिल महोत्सव शुरु
कैलाली । कैलालीमा २ दिने हुचिल महोत्सव शुरु भएको छ ।
घोडाघोडी नगरपालिका ४ स्थित माघी होमस्टेमा लाटोकोसेरो तथा हुचिल महोत्सव सुरु भएको हो ।
चरा संरक्षण सञ्जाल कैलाली र प्रकृतिका साथीहरू संस्थाको आयोजनामा शुरु भएको महोत्सव भोलिसम्म चल्नेछ ।
लाटोकोसेरो चराको संरक्षणमा जनचेतना जगाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा हुचिलको फोटो प्रदर्शनी गरिएको छ ।
लाटोकोसेरोबारे तयार पारिएको वृत्तचित्र समेत महोत्सवमा प्रदर्शनी गरिने आयोजकले जनाएको छ । नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्